६ भदौ, काठमाडौं। सवइन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदालिँदै आइतबार रंगेहात पक्राउ परेका छन् ।तीन लाख रुपैयाँ घुस लिँदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर श्रेष्ठलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो ।

सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।

तपाईको प्रतिक्रिया