video feel Clipboard21

अहिलेसम्म भिडियोभन्दा हामी कुनै टीभी, मोबाइल सेटलगायत उपकरणमा देखिने दृश्य भन्ने बुझ्छौं । वास्तवमा हुन पनि भिडियो अहिलेसम्मका लागि हेर्न तथा सुन्नकै लागि हो । टीभी, ल्यापटप, कम्प्युटर अझ भनौं सिनेमाको पर्दामा हिरो हिरोइन नाच्दा तिनलाई छुन पाए हुन्थ्यो भन्ने धेरैको मनमा लागेको पनि हुन्छ । तर, अहिलेसम्म यो इच्छा सम्भव भने थिएन । हाम्रा लागि भिडियो चलिरहेको ग्याजेटको स्क्रिन मात्रे छुने विकल्प रहेको छ । तर, निकट भविष्यमा भने भिडियोमा देखाइएका दृश्य स्पर्श गर्ने अवसर प्राप्त हुने भएको छ । हो, सुन्दा अपत्यारिलो लाग्छ सक्छ । तर, प्रविधिको विकासले गर्दा छिट्टै प्रयोगकर्ताले ग्याजेटको स्क्रिन होइन, भिडियोमै देखिएका चिज छुन सक्नेछन् ।
वास्तवमा अमेरिकाको म्यासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीजका वैज्ञानिकहरूले यसका लागि नयाँ इमेजिङ प्रविधिको विकास गरिरहेका छन् । यसमा तिनले परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इण्ट्राएक्टिभ डाइनामिक भिडियाको विकास गरेका छन् । यसको माध्यमबाट प्रयोगकर्ताले कुनै पनि चिजलाई दृश्य सम्प्रेषण गरिरहेको स्क्रिनका माध्यमबाट काल्पनिक रूपमा महसूस गर्न सक्नेछन् ।

एमआईटीको कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इण्टेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट वस्तुहरूको भौतिक व्यवहारलाई कैद गर्न सकिन्छ । उनका अनुसार यो प्रविधिबाट भिडियोलाई अन्तरक्रियात्मक बनाएर भिडियोसँगै खेल्न सकिने उनले बताए ।

शोधकर्ताहरूले पुल, जङ्गल, गितारलगायत विभिन्न वस्तुको भिडियोमा आईडीशी प्रविधिको प्रयोग गरी यसबाट भिडियो तथा तस्वीरलाई विभिन्न दिशामा धकेल्ने तथा मोड्ने कार्य गर्न सकिने बनाएका छन् । यो प्रविधिले इञ्जिनीयरिङ तथा मनोरञ्जनलगायत विभिन्न क्षेत्रमा उपयोगी हुनुका साथै नयाँ क्रान्ति नै ल्याउने वैज्ञानिकको भनाइ छ ।

तपाईको प्रतिक्रिया