inaruwa hospita national medicine center band

इनरुवा भाद्र ६ /इनरुवा अस्पताल हातामा संचालनमा रहेको औषधी पसल हटाइएको छ ।योगेन्द्र मेहता प्रोपाइटर रहेको नेशल मेडिसिन सेन्टरद्धारा इनरुवा अस्पताल हातामा संचालित औषधी पसल सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको आदेशपछि बन्द गराइएको हो ।

अवैधानिक रुपमा अस्पताल भित्र संचालनमा रहेको औषधी पसलले २४ घण्टे सेवाको नाममा विरामीलाई सजहता भन्दापनि चर्को मूल्य लिएर ढाँड सेक्ने गरेको गुनासो पछि औषधी पसल बन्द गराइएको प्रजिअ चापागाईले बताउनुभयो ।औषधी पसलेले रात्री कालिन सेवाका नाममा उपचारका लागि अस्पताल पुग्नेहरुबाट चर्को मूल्य अशुल्ने गरेको गुनासो प्रति ध्यानाकर्षण पश्चात औषधी पसल बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

उता औषधी पसल संचालक योगेन्द्र मेहताले प्रजिअको मान राख्न आफुले औषधी पसस बन्द गरेको बताए । “प्रजिअले बन्द गर्नु पर्छ भन्नुभयो , मैले औषधी पसल बन्द गरे ” मेहताको भनाई थियो । अस्पतालसँगको सम्झौता मुताबिक मेहताले फार्मेसी संचालन बापत मासिक १० हजार एक सय भाडा तिर्दै आएका थिए ।अस्पताल हातामा संचालनमा रहेका व्यापारिक फार्मेसीहरु बन्द गर्न सवोच्चले समेत आदेश जारी गरिसकेको छ । सवोच्च अदालतको मिति २०७२।०३।१३ गतेको उत्प्रेशणको आदेशले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र अन्य सवै अस्पतालहरुमा अस्पतालले आफ्नै फार्मेसी सेवा संचालन गराउने आदेश गरेको छ ।

सवोच्चको आदेश अनुसार अब कुनैपनि अस्पतालमा वाहिरी व्यापारिक औषधी पसल संचालन गर्न पाइने छैन् । अस्पतालले नै संचालन गर्नु पर्ने औषधी पसलबाट सरकारले तोकेका निशुल्क औषधीको वितरणको व्यवस्था मिलाइनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया