cdo fire padkiye inaruwa hospital1
इनरुवा भाद्र ६ /प्रजिअ मोहन चापागाई निकै आक्रोशित मुद्रामा थिए । स्वभावले प्रजिअ चापागाई आफुलाई कडक प्रशासक भन्न रुचाउने व्यक्ति हुन् ।सुनसरी आए लगत्तै आफ्नो स्वभावबारे जिविस सुनसरीको एक औपचारिक कार्यक्रम मार्फत अवगत गराएका चापागाई केही समय खरोसाथ प्रस्तुत देखिए ।

एकाएक उनको स्वभावमा कमीआएको महसुस सर्वसाधारणले गरिरहँदा इनरुवा अस्पतालले आयोजना गरेको एक कार्यक्रममा पुगेका उनि निकै कड्किए ।आक्रोशित मुद्रामा देखिएका प्रजिअ चापागाई कार्यक्रम सुरुवात हुनासाथ निकै रनथनिएका थिए । अस्पतालका गतिविधीबारे जिल्ला स्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारीले सहभागी सरोकारवालालाई जानकारी गराइरँदै सिडियो एकाएक कड्किएका थिए ।

विवरण सार्वजनिक गर्ने क्रममा उल्लेखित विवरण समावेश गरिएको फोटोकपी पेपर उललब्ध गराइरहँदा बजेट ब्रेक डाउन छुटेपछि सिडियो थप रनकिन पुगे । “कहाँ छ तपाइको ध्यान । सबै राम्रो गरें भन्नु हुन्छ । कुनै पारदर्शिता छैन् । अस्पताल फोहोरै फोहोर छ । पत्रपत्रिकामा यस्तो उस्तो समाचार आको आई छ । के हेरेर बसेको छ  अस्पताल व्यवस्थापन समिति” । उनि त्यतिमै रोकिएनन् । आफु जिल्लामा केही सुधारको उद्येश्य अनुरुप सुनसरी आएको बताउँदै सबै कमी कमजोरी तत्काल सुधार हुनु पर्ने ठाडो निर्देषन दिन समेत चुकेनन् प्रजिअ ।

अकमक्क परी अस्पताल प्रमुख अधिकारी टोलाइरहँदा व्यवस्थापन समिति अध्यक्ष दाताराम पोखरेल समेत मलिन मुद्रामा देखिन्थे । र्यक्रममा उपस्थित भएका जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरु एक अर्काको मुख ताकि रहे ।निकै बेर कड्किएका प्रजिअ चापागाईको कुरा टुङ्गिने छाँट नदेखेपछि एमालेका जिल्ला सदस्य कृष्ण पोखरेलले प्रशङ्ग विषय भन्दा बाहिर गयो । मुल मुद्धामा केन्द्रित हुनुपरो भनेपछि चापागाईले बोल्ने क्रम बिचमै रोके ।

सिडियो मौन भएको मौका छोपी अस्पताल प्रमुख दिल्लीमरण अधिकारीले नम्र स्वभावमा सर हजुर भन्दै अस्पताल सुदृढिकरणको पहल थालिएको र छिटै इनरुवा अस्पताल सुविधा सम्पन्न अस्पतालमा परिणत हुन लागेको जानकारी गराए । अधिकारीले दरवन्दी अनुरुप चिकित्सकहरुको पदपूर्ति रहेपनि अपुग स्रोत साधनले प्रभावकारी सेवा दिन नसिकएको जिकिर गर्दै थिए ।दलका पदाधिकारीहरुले समेत मिश्रित प्रतिकृया जनाए । कसैले अस्पतालले सुदृढिकरणको पाटोमा चालेका पहललाई चुनौतिपूर्ण मानेपनि स्वागत योग्य कदम बताइरँदा केही भने अस्पताल र अस्पताल व्यवस्थापन समितिको कमजोरी औल्याउनमा व्यस्त थिए ।

तपाईको प्रतिक्रिया