काठमाण्डाै । देशभर मन्दिरको संख्या कति होला? यो प्रश्न पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई सोधियो। ‘धेरै छन् तर गणना भने गरिएको छैन्,’ दाहालले जवाफ फर्काए,‘सय वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिरको संख्या भने २ हजारभन्दा बढी छ।’
पर्यटन मन्त्रालय, महानगर, नगरपालिका, जिविस र गाविसले स्थानीय मागको आधारमा ठाउँठाउँमा मन्दिर बनाउन रकम खर्चिएका छन्।पुरातत्वविद रोहित रन्जित मन्दिरको आँकडा राख्ने काम सरकारको भएको बताउँछन् । सन् २०१५ मा युनेस्कोले उपत्यकामा मन्दिरहरुको सूची बनाएको थियो जसमा एक हजार २ सय मन्दिर समावेश गरिएको पुरातत्वविद् रञ्जित बताउँछन्।