१६ कार्तिक अमर काफ्ले इनरुवा

वृहत मधेश संर्घष समिति सुनसरीले आज साँझ सुनसरी सदरमुकाम इनरुवामा सरकार विरोधी प्रर्दशन गरेको छ । आन्दोलनरत मोर्चा आवद्ध मधेशी दल सहितको संयुक्त संघर्ष समितिले सदरमुकाममा प्रर्दशन सहित सरकार विरोधी नाराबाजी गरेका हो । मोर्चाको आजको विरोध जुलुसमा अघिल्ला दिनहरुको तुलनामा उल्लेख्य मात्रामा मधेशी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । इनरुवा बजार सहित

12200709_962286083819319_979805582_n 12204715_962286087152652_1769791040_n 20151102_153730

नगरको विभिन्न भागको परिक्रममा गरेका मोर्चा नेता तथा कार्यकर्ताहरुले सरकारको रवैया प्रति आक्रोस पोखेका थिए । दुई महिनायता जारी मधेश आन्दोलनका माग सम्बोधन गर्नुको साटो आन्दोलन तुहाउने तर्फ सरकार उद्यत भएको भन्दै मोर्चाले सरकारमा सहभागी दल तथा नेताहरुको चर्को विरोध जनाएको थियो । मोर्चाले इनरुवा बसचौकमा प्रधानमंत्री र गृहमंत्रको पुत्ला समेत जलाएको छ । आन्दोलनकारीहरुले पूर्व पश्चिम राजमार्गमा टायर बाली अवरोध सीर्जना गरेका थिए । दशैं यता लगातार जसो खुलेको इनरुवा बजार समेत आजको मोर्चाको प्रर्दशनसँगै बन्द गराइएका थियो । विरोध जुलुस पछि भने बजार स्वतः खुलेको थियो ।

भिडियोको लागि यहा क्लिक गर्नुहोस :

तपाईको प्रतिक्रिया