काठमाण्डाै । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्। भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको छ ।
डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको स.ख्या दिनप्रतिदिन बढ्दैगइरहेको छ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् । आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन्। आजको अन्नपूर्ण पाेष्टमा खबर छ।