७ भाद्र, उदयपुर । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार उदयपुरको त्रियुगा नगरपालिका ११ मा हाईभोल्टेज विद्युत प्रवाह भएको छ । हाईभोल्टेज विद्युत प्रवाह हुँदा एक बालक समेत घाईते भएका छन् । ट्रान्स फर्मर नजिकको विद्युत मर्मतसम्भारपछि लाईन छोडनेक्रममा ११ हजार भोल्टेज बिद्युत नियन्त्रण गर्ने डिस पंचर (माटोको डल्लोबाट लिक) हुदाँ करिव चार सय व्यक्तिको मिटर र विद्युतिय उपकरणमा क्षति पुगेको हो ।
यस्तै प्रत्यक्षदर्शी राम थापाका अनुसार माथिल्लो तारले पोलसंगको जोवाइन्ट गर्ने डिक्स लिक भएर तल्लो तारलाई छुनासाथ नजिकमा रहेको ट्रान्सफरमरमा आगोको मुस्लो उठेको बताए । कम गुणस्तरको सामान जडानको कारण विद्युत सर्ट भएको बताए । थापाले भने–‘कमिसनको लोभमा गुणस्तरहिन डिस खरिद गरेको कारण हामीले क्षति भोग्नु पर्याे ।’
ट्रान्स फर्मर मर्मत गरिरहेका प्राधिकरणका एक कर्मचारीलाई विद्युत सर्टबारे प्रश्न गर्दा उपकरणहरु कहाँबाट आउँछन त्यो त थाह भएन । कार्यालयले जस्तो सामान ल्याउँछ उस्तै सामान हामीले लगाउने बताए ।कम गुणस्तरको जोवाइन्ट डिसले करेन्ट प्रवाह हँुदा चार सयको मिटर, टिभी, पंखा, मोटर, लगायत करिव २० लाखको क्षति भएको हुन सक्ने रेश्मा होटलका संचालक सन्तोष चौधरीले बताए ।
उनका अनुसार कम गुणस्तरीय सामानले विद्युत सर्ट भै लाखौको क्षति हुन गएको बताए । उनले भने– ‘विद्युत सर्ट भैई मेरो पसलको फ्रिज, पंखा, एसइडी लगायत सामान जलेर नष्ट भएको छ ।’यस्तै ११ हजार भोल्ट करेन्टले सविना चलचित्र हलको एम्पली फायर तीन थान, युपियस मेसिन र प्रोजेक्टर समेत गरी करिव ३ लाखभन्दा बढीको क्षति भएको हलका मेनेजर कृष्ण घिमिरेले बताए । उनले भने ‘पचास हजारमा चपली हाईट–२ फिल्म शुक्रबारबाट प्रदर्शनमा ल्याएको थिए अब फिल्मको सबै मेसिनहरु जले कसरी बनाउनु ?’
करेण्टबाट स्थानीयका विद्युतिय उपकरणहरु नष्ट भएपछि स्थानीयले क्षतिपुर्तिको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएकाछन् । स्थानीयले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएकाछन् । स्थानीयको निवेदनसँगै प्राधिकरणका प्रमुख अबधेशकुमार दुवे घटनास्थल पुगि निरीक्षण गरे पनि क्षतिपूर्ती दिनको लागि आनाकानी गरेको स्थानीयको आरोप छ । घटना स्थल पुगेको विद्युत प्रमुखले विद्युत कार्यालयको कमजोरीले घटना घटेको र स्थानीयलाई क्षतिपूर्ती दिनको लागि अस्वीकार गरेका छन । उनले भने ‘मेलै आफु भन्दा माथिल्लो निकायमा क्षतिपूर्तीको प्रयास गर्ने हो तर त्यहाका स्थानीयले आजै क्षतिपूर्ती चाहिन्छ भनेर लिखित प्रतिबद्धता जनाउन माग गरेकाले मैले अस्वीकार गरेको हुँ ।’