७ भाद्र, इनरुवा ।सोमबार राति प्रहरीले बिराटनगरका  होटेलहरुमा छापा मारेको हो । यौनजन्य गतिविधि हुने गरेको सुचनाका आधारमा प्रहरीले होटलहरुमा छापा मारेको हो।होटलमा बस्ने व्यक्तिको विवरण नराखेको अवस्थामा रहेको होटलको रुमहरुमा प्रहरीले छापा मारेको थियो तर प्रहरीले कसैलाई पनि अनैतिक अवस्थामा भने भेटेन । बेलाबेलामा प्रहरीले विराटनगरका गेष्ट हाउस , रेस्टुरेन्ट तथा होटलमा छापा मार्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया