हाइटेक चोरहरूको कथा लागि चर्चित यसराज फिल्मसको ‘धुम’ फ्रान्चाइजमा सर्वाधीक चर्चा त्यसमा बन्ने खलनायक पात्रलाई लिएर हुने गर्छ। ३ श्रृखंलासम्म आइपुग्दा जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान फिल्ममा क्रमश: खलनायक बनिसकेका छन्। उनीहरूले त्यसका लागि राम्रो तारिफ पनि बटुले।
फिल्ममा खलनायक बन्नका लागि यसराजका आदित्य चोपडाले शाहरूख खानलाई प्रस्ताव गरेका छन्। शाहरुखसँग फिल्मको पारिश्रमिक र समयको कुराकानी चलिरहेको छ। यससँगे फिल्मका ३ श्रृखंलामा रहेका अभिषेक बच्चनको सट्टामा रणवीर सिंहले प्रतिस्थापन गर्ने चर्चा पनि चलेको छ। फिल्म आगामी वर्ष फ्लोरमा जाने बताइएको छ।