काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरबार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाइ नलिएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा मंगलरबार साँझ अनलाइन सम्पादक तथा प्रमुखसँगको अन्तर्क्रियामा दाहालले भने,‘ नढाँट भन्दा पहिले हामी सरकारमा आउँदा विद्रोहको सोचाइ थियो। क्रान्तिको रापताप र विद्रोहको उमंग थियो। मौका पाए छाड्नु हुन्न भन्ने थियो। सत्ता कब्जाको मानसिकता थियो तर यपसपटक त्यो सोचाइ र मानसिकता छैन।’