भाद्र ८ इनरुवा/ पोखरी नुहाउने क्रममा डुबेर सुनसरीमा तीन बालिकाको मृत्यु भएको छ ।अमडुवा गाविस ९ स्थित रहेको जनता प्राविमा अध्ययरत तीन बालिका पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।

गर्मिका कारण पोखरीमा नुहाउँदै गर्दा स्थानीय ११ वर्षिया करुणा उराव, १३ वर्षकी दीपिका उराव र सोही ठाउँकी १० वर्षिया नन्दनी उरावको डुबेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया