can press confrence cyber crime sunsari

८ भाद्र, इनरुवा । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ सुनसरी  (क्यान) ले  अाउदाे शुक्रबार साइबर क्राइम न्यूनिकरण विषयक एकदिने तालिम अायाेजना गर्ने भएकाे छ । बढदाे साइबर अपराधलार्इ नियन्त्रण गर्न सहयाेग पूर्याउने उद्येश्यले सुनसरीकाे इटहरी स्थित हाेटल प्रिमियर स्कुलकाे सभाहलमा अायाेजित पत्रकार सम्मेलन गर्दै क्यान महासंघ सुनसरीले  जानकारी गराएकाे हाे ।

उक्त तालिममा सूचना प्रविधीका क्षेत्रमा भइरहेका बिभिन्न अपराध नियन्त्रण , प्रविधीकाे उपयाेग तथा दुरूपयाेग, साइवर अपराध सम्बन्धी एेन कानुन सम्बन्धी जानकारी प्राप्त हुने  पत्रकार सम्मेलनमा बताइएकाे छ ।

can press confrence cyber crime sunsari1

मुलुकमा लाेकतन्त्र स्थापना पछि अत्याधिक बिकास भएकाे सूचना प्रविधीकाे उपयाेगसंगै दुरूपयाेग बढदै गएकाे र यसलार्इ नियन्त्रण गर्न सहयाेग पूर्याउने उद्येश्यले इटहरीकाे गाेरखा डिपार्टमेन्ट स्टाेरमा शुक्रबार एकदिने तालिमकाे अायाेजना गर्न लागिएकाे क्यान महासंघ सुनसरीका अध्यक्ष भिम गिरीले बताउनुभयाे ।

तालिममा मानवअधिकारकर्मी, प्रत्रकार, प्रहरी, व्यवसायी लगायतहरूकाे उपस्थिती रहने क्यान महासंघ सुनसरीले जनाएकाे छ । 
उक्त तालिममा  कम्प्युटर एसाेसिएसन नेपाल महासंघका केन्द्रिय अध्यक्ष इञ्जिनीयर बिनाेद ढकाल , महासचिव बिश्वराज बलामी , नेपाली प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराेका प्रहरी उपरिक्षक (एसपी )नरेस मल्ल, सामाजिक सञ्जाल बिषयका डा. पवन कुमार शर्मा , अभिजित गुप्ता लगायतहरूले प्रशिक्षण दिने बताइएकाे छ ।

can press confrence cyber crime sunsari2

तपाईको प्रतिक्रिया