italy earthquick

८ भाद्र, एजेन्सी । बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी इटालीमा १० जनाको ज्यान गएको छ।भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ भने कति क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन समाचारमा जनाइएको छ ।

उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइ नै रहेको अधिकारीहरुले जनाएका छन् । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुर्याएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

यस पटकको भूकम्पको केन्द्रबिन्दु पनि सोही गाउँमा नै परेको छ । सोही क्षेत्रमा केन्द्रबिन्दु भएर आएकोले बुधबार बिहानको भूकम्पबाट पनि सो गाउभरि नै त्रास फैलिएको छ ।

उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ ।यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया