Salman katrina

मुम्बर्इ । ‘बार बार देखो’ कैटरिनाको चाडै रिलिज हुन लागेको फिल्मको नाम हो । यसमा उनले युवा स्टार सिद्धार्थ मल्होत्रासँग काम गरेकी छिन् । निर्माण पक्षले फिल्मको प्रोमो र गीत अहिले सार्वजनिक गरिरहेको छ । धेरै सिनहरुमा कैटरिना बिकीनी पहिरिएको अवस्थामा देखिइरहेकी छिन् ।

कैटरिनाको यो बोल्ड अवतारबाट मानिसहरु चकित भइरहेको छ । भलैं, विकिनी पहिरिनु अहिलेका लागि कुनै नयाँ कुरा होइन । तर, कैटरिना यति बोल्ड भएपछि मानिसहरु अचम्म मानिरहेका छन् । कैटरिनालाई अहिले यो सबै गरिरहनु परेको छ । रणवीरको प्रेम चक्करमा उनले करिअरमा ध्यान दिन बन्द गरिसकेकी थिइन ।

Kaitrina bikni salma

जब ब्रेकअप भयो त्यसपछि बल्ल उनलाई करिअरको याद आयो । यो दौरान अन्य कयौं अभिनेत्रीहरु उनीभन्दा अगाडि बढिसकेका थिए । कैटरिनालाई ‘फितुर’बाट निकै ठूलो आशा थियो तर असफल रह्यो । डुब्न लागेको करिअरलाई बचाउनका लागि कैटरिना हिट हुन जरुरी छ । यसकारण कैटरिनाको बोल्डनेस यस पटक ज्यादैं बढेको छ ।

कैटरिनाको यो तरिका सलमानलाई मन परेको छैन । सुत्रहरुकाअनुसार सलमान यसमा रिसाएका छन् । उनले कैटरिनाको हट अवतार राम्रो लागिरहेको छैन । उनी चाहदैंनन् कि कैटरिना यसरी आफ्नो करिअर अगाडि बढाउनु । अहिले कैटरिना त्यो तरिका सोचिरहेकी छिन् जसमा सलमानको रिस शान्त होस् । नेपालीपत्रकाे सहयाेगमा

 

तपाईको प्रतिक्रिया