traffic jam

काठमाडौ । मंगलबार दिउँसो बानेश्वरको थापागाउँ सडकमा आवतजावत गर्ने सवारी पास हुनै नसक्ने गरी दुवैतिर लस्करै सरकारी गाडी थिए ।

व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी किनाराका गाडी हटाउनभन्दा सडकमा ओहोरदोहोर गरेका सवारी मिलाउनमै व्यस्त ।नेपाली सेनाका एक भूतपूर्व अधिकृतको स्मृतिसभामा भाग लिन पुगेका सेनाका उच्च अधिकृतहरूले प्रयोग गरेका गाडी सडकको दायाँबायाँ पार्किङ गरिदिँदा त्यहाँको ट्राफिक व्यवस्थापन निकै असहज बनेको हो ।

‘यस्तो त दिनदिनै हुनेगर्छ, दायाँबायाँ पार्किङ नगर्नुस् भन्यो कसैले टेर्ने होइन,’ कार्यक्षेत्रमा खटिएका ट्राफिकले भने । उनका अनुसार सडकको दायाँबायाँ भएका पार्टी प्यालेस तथा पेट्रोल पम्पका कारण पनि काठमाडाैको ट्राफिक जाम बढेको छ ।

यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । यस्ता दर्जनौं कारणले गर्दा सहरमा दिनदिनै सवारी जाम बढ्न थालेको छ । सवारीसाधन व्यवस्थापन गर्नका लागि सरकारले दीर्घकालीन नीति र योजना अगाडि नसार्दा राजधानी दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको हो ।

हिलाम्मे सडक

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विस्तार गर्न सुरु गरिएका राजधानीका सडक निर्माणको काम अझै सकिएको छैन । निर्माण कार्य सकिएका सडकमा वर्षामा जताततै हिलो र जमेको पानी सडक हिलाम्य र धुलाम्य भएका छन् । सर्वसाधारण आवतजावत गर्न पनि काठमाडौंका सडकमा मुस्किल छ ।

कार्यालय समयमा त राजधानीका सडक बन्दहडतालजस्तै गरी जाम हुन्छ । ट्राफिक प्रहरीले खासगरी प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पूर्वप्रधानमन्त्रीहरूको सवारीलाई छिटो गन्तव्यमा पु¥याउन गरिने एकतर्फी रूपमा सार्वजनिक तथा निजी सवारीसाधान रोकिदिँदा झनै जाम हुने गरेको छ ।

दिनानुदिन काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जाम हुन थालेको छ । बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंका सबै सडक निकै व्यस्त हुने गरेका छन् ।

साना सवारीसाधान

राजधानीका सडकमा साझा यातायातबाहेक अन्य सबै सार्वजनिक सवारीसाधन साना र मझौला छन् । सार्वजनिक यातायातका साधन साना हुँदा पनि राजधानीमा जामको चाप बढ्दै गएको छ । जानकारहरूका अनुसार माइक्रोबस, ट्याम्पु तथा मिनीबसले यस्ता ट्राफिक जामलाई झन् बढाइरहेका छन् ।

भीआईपीको सवारी

भीआईपीको सुरक्षाका लागि सडक खाली गर्नुपर्ने आदेश नभए पनि ट्राफिक प्रहरीका हाकिमहरू आफैं जान्ने भएर सडक खाली गराउँदा सर्वसाधारणले हैरानी

खेप्नुपर्ने अवस्था कायमै छ । ‘एकातिरको जाम खुलाउँदा अर्कोतिर अस्तव्यस्थ हुने गरेको छ । सवारी सञ्चालनको क्रममा जाम हुँदा दोषजति ट्राफिक प्रहरीले खानुपर्छ ।

ट्राफिकको मनलागी

कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीको मनलागी काम गराइबाट पनि सडकमा जाम हुने गरेको छ । चौबाटोमा खटिएको ट्राफिकले लामो समयसम्म एकतर्फ मात्रै गाडी पास गराउँदा अर्कोतर्फ डेढ किलो मिटरसम्म जाम भएको ख्याल गर्दैनन् । त्यति मात्रै होइन लेन अनुशासनको उल्लंघन गरेको आरोपमा चिट मूल सडकमै काट्दा पनि जाम बढ्ने गरेको छ ।

मानिसको चाप

सरकारी तथ्यांकअनुसार राजधानी काठमाडौंमा करिब ४० लाख मानिस बसोबास गर्छन् । तत्काल घर बनाउन नसक्ने र वर्षाको कारणले गर्दा पनि राजधानी प्रवेश गर्नेहरूको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । हाल राजधानीमा मात्र ८ लाख १८ हजार ४ सय सवारीसाधन रहेका छन् । अाजकाे राजधानीमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया