kp oli uml meeting

काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि पाँच गम्भीर आरोप लगाएको छ । स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले दाहाल सरकारमाथि सो आरोप लगाएको हो ।

एमाले महासचिव ईश्वर पोखरेल र सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकको निष्कर्ष प्रस्तुत गर्ने क्रममा दाहाल सरकारमाथि ५ गम्भीर आरोप लगाएका थिए ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको भनिएको पत्रका कारण राष्ट्रिय स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याएको भन्दै एमालेले सो पत्र सार्वजनिक गर्न मागसमेत गरेको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो विशेष दूतका रूपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिमार्फत भारतीय समकक्षी मोदीलाई पत्र पठाएको विषय कूटनीतिक मर्यादाविपरीत रहेको ठहर एमालेको छ ।

सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पिँदै सामान्य कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी हालै दुई छिमेकी देशमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउनु र आन्तरिक मामिलाका विषयमा पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत रहेको भन्दै एमालेले सो पत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको हो । अाजकाे राजधानीमा समाचार छ ।

सरकारमाथि एमालेका ५ आरोप

राष्ट्रिय स्वाधीनतामा आँच

द्वन्द्व निम्त्याउने षड्यन्त्र

चुनाव नगर्ने नियत

राजनीतिक पूर्वाग्रही

स्वार्थमा सरकार परिवर्तन

 

तपाईको प्रतिक्रिया