bhutaha ko krishna mandir2
भाद्र ९ भुटाहा / सुनसरीको रामनगर भुटाहामा स्थानीय जनश्रमदानबाट राधाकृष्ण मन्दिर निर्माण गरिएको छ ।करिव २० लाखको लागतमा निर्माण सम्पन्न मन्दिरमा आज श्री कृष्ण जन्माष्टमीको अवसर पारी राधाकृष्णको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको छ ।

bhutaha ko krishna mandir11
स्वर्गिय वृक्षण प्रसाद गुप्ताको स्मृतिमा छोराहरु राजेन्द्र, जोगेन्द्र, सुरेन्द्र र जितेन्द्र गुप्ताले उपलब्ध गराएको १२ धुर जग्गामा मन्दिर निर्माण गरिएको हो ।विधि विधान अनुसार होमादीको आयोजना गरी मन्दिर उद्घाटन गरिएको छ ।भुटाहामा बसोवास गर्दै आएका हिन्दु समूदायले आर्थिक सहयोग जुटाएर मन्दिर निर्माण कार्य पुरा गरेका हुन् । मन्दिर उद्घाटनसँगै दर्शन गर्नेहरुको भिड लागेको छ ।  कृष्ण जन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरहरुमा पुजा आराधना गर्नेहरुको विहानैबाट भिड लागेको छ ।

तपाईको प्रतिक्रिया