bhim acharya inaruwa madhuwan1
भाद्र ९ सुनसरी /सरकार संचालनको बागडोर समहाल्न उद्यत दलहरु आगामी चुनावी दौडाहामा बडारिने नेकपा एमालेका सचिव भिम आचार्यले ठोकुवा गर्नु भएको छ ।सुनसरीको मधुवनमा आयोजित धार्मिक कार्यक्रममा बोल्दै पाटी सचिव आचार्यले काम गर्ने दललाई पाखा लगाएर सत्ता लिप्साको खेलमा लागेकाहरुले मुलुकको निकाश दिन नसक्ने दावी गर्नु भयो ।

राधा कृष्ण मन्दिरको उद्घाटन पश्चात बोल्दै प्रदेश नम्वर १ का संयोजक समेत रहेका आचार्यले वर्तमान सरकार चुनावी परिणामसँग डराएकाले सरकारले चुनाव गर्छ भन्ने कुरामा ढुक्क भएर बस्न नसकिने बताउनुभयो ।आचार्यले संविधान जारी गर्ने प्रमुख भूमिका निर्वाह गरेको एमाले कार्यान्वयनका लागि समेत प्रमुखताका साथ लागि पर्ने बताउनुभयो ।

एमाले सरकारका पालामा अघि बढाइएका अन्र्तराष्ट्रिय सन्धि सम्झौता र मुलुकको समग्र हीतका मुद्धामा कोही कसैसँग सम्झौता नगरिने आचार्यको स्पष्टोक्ति थियो ।एमाले सरकारले राम्रा काम गर्ने भयो भन्ने डरले काँग्रेस माओवादी सरकार गिराउन जाई लागेको आचार्यको  भनाई थियो ।

तपाईको प्रतिक्रिया