काठमाडौं – नेपाली क्रिकेट टोली मंगलबार महत्त्वपूर्ण प्रतियोगिता ‘वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप’ खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने कार्यक्रम छ । तर, प्रतियोगिता खेल्न जाने निर्धारित समयभन्दा करिब १४ घन्टाअघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपालले युएईमा पपुआन्युगिनीसँग खेल्ने कार्यक्रम छ ।

cricket_generic

 

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्नुभन्दा कम्पतीमा एक साताअघि क्यानले टोली घोषणा गर्ने प्रचलन छ । तर, यसपटक कप्तानको विषयलाई लिएर क्यानभित्र ठूलै चर्काचर्की परेपछि टोली युएई प्रस्थान गर्ने निर्धारित समयभन्दा करिब १४ घन्टाअघि मात्र अन्तिम टोलीको घोषणा गरिएको हो । क्यानका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यले सोमबार राति ७ः४५ बजे विज्ञप्तिमार्फत पारस खड्काको कप्तानीमा टोली घोषणा गरिएको जानकारी दिए, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

तपाईको प्रतिक्रिया