१० भदौ, काठमाडौं। नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटनामा परि २२ जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार २२ जनाको ज्यान गएको र १५ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । बाँकीको खोजी भैरहेको छ ।
गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको थियो ।मध्यामाञ्चल प्रहरी प्रमुख डिअाइजी पशुपति उपाध्यायले भने, ‘उद्धारका लागि थप प्रहरी बल घटनास्थल पुग्दैछ।’ उनका अनुसार बस सडकदेखि २ सय मिटर तल खसेकाे छ।
गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात संघकाे साे बसमा चन्द्रनिगाहपुर र अन्य स्थानबाट पनि यात्रु चढेकाे प्रहरी अनुमान छ। बसमा अधिकांश यात्रु मजदूरी गर्न जानेहरू थिए।लाेकराज पाैाैडेलले चलाएकाे साे बसमा चन्द्रपुर-२ गैडाकाेटका श्याम न्याैपाने सहचालक छन्। उनीहरुको अवस्था खुल्न सकेकाे छैन।