१० भाद्र, काठमाडाैँ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५८ हजार ६ सयमा भएको छ। बुधबार ५९ हजार १ सय रुपैयाँ पुगेको सुन बिहीबार ४ सय कम हुँदै ५८ हजार ७ सय कायम भएको थियो। चाँदी भने आज स्थिर रहँदै बिहीबारकै भाउ अर्थात् ८ सय ५० मा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया