काठमाडौं – भारतीय भूमि र दसगजाबाट नेपालका लागि सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीका एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको र्मत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए । सोमबार साँझ एमाले स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको थियो । birgunj-birodh5-540x450

प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे । एमालेका महासचिव ईश्वर पोखरेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए ।

ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया