खाडी मुलुक र मलेसिया जानेबाट बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने सरकारले नियम बनाएको सुनेपछि सोलुखुम्बुको गोली कपतीका सोनाम शेर्पाले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । गाउँमा कुनै अवसर नपाएका शेर्पाले साउदी जान रातोपुलस्थित केपी इन्टरनेसनल मेनपावरमा पासपोर्ट बुझाएलगत्तै गत भदौ २१ गते भिसा लाग्यो । पासपोर्टमा भिसा लागेपछि सोनाम विदेश जान पाइने आसले पटकपटक मेनपावर कम्पनी धाइरहे । तर, कम्पनीले साउदी जान एक लाख २० हजार रुपैयाँ चाहिने नभए पठाउन नसकिने जवाफ दिएपछि सोनामको इच्छा पूरा हुन सकेको छैन् । गत असार २१ देखि खाडी मुलुक र मलेसिया जाने युवायुवतीसँग् १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने सरकारी नियमका कारण यतिखेर सोनामको वैदेशिक रोजगारी अनिश्चित बनेको छ । सोनामले सरकारी नीति अनुसार नै १० हजार रुपैयाँ तिर्न खोजेपछि केपी इन्टरनेसनलले अहिले आएर रोजगारदाता कम्पनी खराब परेको भन्दै भिसा रद्द गरेर पासपोर्ट फिर्ता लिन दबाब दिइरहेको उनले बताए । नागरिकमा खबर छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा मेला लगायतका भीडभाड हुने गतिविधिमा रोक
सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा स...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाद्वारा राजविराजमा प्रदर्शन
राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।रा...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका ...
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...