goreb_khapangimagar

काठमाडौं। तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्व मन्त्री गोरे बहादुर खपाङ्गीको ७० वर्षको उमेर निधन भएको छ ।उपचारका क्रममा उनकाे बाँसबारी न्युरो अस्पतालमा शनिबार बेलुकी १०ः२२ मा निधन भएको हो ।

शनिबार दिउँसो ४ बजे पिसाबमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचार पछि खपाङ्गीलाई पुनः उनको निवास ललितपुर नख्खुदोबाटो लगिएको थियो ।घरमा ल्याएपछि फेरि समस्या हुन थालेपछि खपाङ्गीलाई न्युरो अस्पताल लगिएको थियो ।

२०७० साल बैशाख १२ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको थियो । सो दुर्घटनामा अर्धचेत भइ लडेका पूर्वमन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भएको थियो ।

उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई सिंगापुर लगिएको थियो । उक्त दुर्घटनापछि उनी बोल्न र चल्ल समेत नसक्ने अवस्थामा थिए ।राजनीतिमा प्रखरवक्ताका रुपमा चिनिने खपाङ्गीले पञ्चयातकालमा १४ महिना जेल जीवनसमेत बिताएका थिए । शाहीकालमा मन्त्री भएपनि उनको निकै आलोचना भएको थियो । उनको आइतबार आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया