ptrakar kutpit itahari

१२ भाद्र, इटहरी । विप्लब माओवादीका कार्यकर्ता हुँ भन्ने एक समुहले इटहरीका एक पत्रकारलाई निर्घात कुटपिट गरेका छन । शुक्रबार कृष्ण जन्माष्टमीको रिपोटिङ सकेर डेरा फर्कदै गरेका पत्रकार जिवन फुयललाई इटहरी ५ स्थित हलगडा चौकमा कुटपिट गरेका हुन ।

रिपोटिङ सकेर रातको ८ बजे डेर फर्कदै गरेका फुयललाई आफुहरु विपल्ब माओवादीका कार्यकर्ता बताउने दिपक बिष्ट सहित तिनजना समुहले कुटपिट गदै साथमा रहेको क्यामेरा समेत फुटाइदिएका हुन ।कुटपिटबाट फुयलको ढाँडमा चोट लागेको छ । तिनजनाको समुहमा रहेका उनिहरुले पत्रकार फुयललाई दुई जनाले समातेर एक जनाले निर्घात कुटपिट गरेका थिए ।

मुक्का र बुटले शरिरका बिभिन्न स्थानमा जथाभाबी प्रहार गरेको फुयलले बताए । हलगडा स्थित फेसबुक होटलमा खान खाँन पुगेका पत्रकारलाई बिष्ट नेतृत्वको समुहले नियन्त्रणमा लिएर अध्यारो स्थानमा लगेर कुटपिट गरेको उनले बताए ।


पत्रकार फुयलका अनुसार कुटपिट गर्ने समुहले आफुसँग रहेको परिचय पत्र र पर्स लुटेर लगेको बताए । आफु पत्रकार हुँ भन्दा समेत लडाएर बुटले शरिरका बिभिन्न भागमा प्रहार गरे फुयलले भने । एनसेलको टाँवर आगजनी गरेको समचार किन नलेखेको भन्दै अश्लील गाली गरे । कुटपिटबाट साँस फेर्न गाह्रो भएपछि पत्रकार फुयल त्यही ढलेका थिए ।

पछि उनले इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । कुटपिट गर्ने समुहको रातभर खोजी भएपनि फेला नपरेको प्रहरीले बताएको छ ।यता पिडित पत्रकार फुयलले शनिबार इलाका प्रहरी कार्यालय इटहरीमा संखुवासभा ठेगाना भएका दिपक बिष्टको नाममा किटानी जाहेरी दिएका छन । इटहरीका संञ्चारकर्मीको टोलीले इटहरीका डिएसपी नरेशराज सुवेदीलाई भेटी पत्रकार कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरि कडा कारबार्ही गर्न माग समेत गरेका छन ।

डिएसपी सुवेदीले पनि पत्रकार कुटपिट गर्ने समुहको पहिचान भइसकेको र उनिहरुको खोजीमा प्रहरीको टोली परिचालन गरिएको बताए । यस्तै पत्रकार कुटपिट भएको बिषयमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले बिज्ञप्ती निकाल्दै दोषीलाई चाडो पक्राउ गरि कडा कारबाहीको माग गरेको छ । साथै मिडिया नेपालले पनि आफनो सुनसरी जिल्ला अध्यक्ष फुयलमाथि भएको कुटपिटको बिरोध गदै दोषीहरुलाई कारबार्हीको माग गरेको छ ।फुयल इटहरीबाट प्रकाशित हुने समय आवाज साप्ताहिकका प्रकाशक तथा संम्पादक हुन ।

 

तपाईको प्रतिक्रिया