ramdhuni bhasi nagarpalika

इनरुवा भाद्र १२ /सुनसरीको रामधुनी भाषी नगरपालिकालाई बालमैत्री नगर घोषणाको तयारी थालिएको छ ।नगरलाई बालमैत्री घोषणाका लागि स्थानीय तहमा समन्वयतात्मक बैठक देखि रणनीतिक योजना बनाउन थालिएको छ ।

बालमैत्री अवधारणा कार्यान्वयनका लागि भाषी नगरपालिकाको संयोजनमा बालमैत्री स्थानीय शासन समितिले कार्यक्रमको प्रभावकारीताका लागि सरोकारवालाहरुसँग राय संकलनको काम गरिरहेको छ ।

रामधुनी भाषी नगरपालिकाका प्रमुख प्रमोद चौधरीले स्थानीय संघ संस्थाहरुसँग मिलेर बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको जानकारी दिए ।कागजी घोषणा नभएर प्रभावकारी र कार्यान्यवयनात्मक परिणाम लक्षित योजना आफ्नो प्राथमिकता रहेको अधिकृत चौधरीले बताए ।

तपाईको प्रतिक्रिया