medical-store

काठमाडौं, १७ कात्तिक। भारतले गरेको नाकाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा राजधानीका अस्पतालमा औषधि अभाव हुन थालेको छ । अस्पतालहरुले सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले एक साताभन्दा बढी नपुग्ने जनाएका छन् । ‘अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि औषधि आएन भने छिट्टै संकट हुन्छ,’ वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले सोमबार भने ।

पण्डितका अनुसार कतिपय औषधि नेपालमै बन्ने भए पनि सुईजन्य तथा केही विशेष औषधि आयातमै भर पर्नुपर्छ । ‘यहाँ बन्ने औषधिको कच्चा पदार्थ पनि विदेशबाटै ल्याउनुपर्छ,’ उनले थपे । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया