१३ भदौ, दिलिप साह सप्तरी । सप्तरी जिल्ला कटैया –७ स्थित आइतबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स६प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय लाल खङ्ग मण्डलको ८ वर्षीय छोरी र आशा कुमारी मण्डल घाइते भएकी छिन् ।

मोटरसाइकल चालक वसविट्टि–६ वस्ने २५ वर्षीय उमेश कुमार रजकको स्थानीय क्लिनिकमा उपचार भई थप उपचारको लागि धरान घोपा पठाइएकोमा बाटोमै मृत्यु भएको र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका महेश कुमार रजक सामान्य घाइते भई स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । ।

तपाईको प्रतिक्रिया