sushila karki inaruwa adalat sushila karki inaruwa adalat1
भाद्र १३ इनरुवा/ सरकारी तवरबाट सम्पादन हुने पूर्वाधार निर्माण प्रति प्रधान न्यायाधिस शुशिला कार्कीले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
सुनसरी जिल्ला अदालतको नव निर्मित भवन शिलान्यासका लागि इनरुवा पुग्नु भएकी कार्कीले सरकारी काम प्रतिको विश्वसनियताकालागि निगरानी र खवरदारी आवश्यक रहेको औल्याउनु भयो ।प्रधान न्यायाधिस कार्कीले बन्न लागेको नयाँ भवन सुविधा सम्पन्न र गुणस्तरीय बनाउन जिल्लातहका सरोकारवालाहरुलाई निगरानी र निरन्तर खवरदायी गर्न निर्देषन समेत दिनुभयो ।

sushila karki inaruwa adalat3sushila karki inaruwa adalat2
भवन शिलान्यास पूर्व प्रधान न्यायाधिस कार्कीले न्याय सम्पादनको अवस्था बारे जिल्ला न्यायाधिसहरुबाट जानकारी लिनुभएको थियो । कार्कीले अदालत कक्षको निरीक्षण गर्दै थप व्यवस्थित र सुविधा युक्त कक्षको खाँचो औल्याउनु भयो ।सुनसरी बारले आयोजना गरेको अन्र्तकृयामा समेत सहभागि बन्नु भएकी प्रधान न्यायाधिस कार्कीले सहज र चुस्त न्याय सम्पादनलाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।शिलान्यास गरिएको भवन सुविधा सम्पन्न हुने बताइएपनि कति कोठाको बन्ने र लागत कति भन्ने केही खुलाइएको छैन् ।

तपाईको प्रतिक्रिया