१४ भदौ ,  दिलिप साह राजविराज, । सप्तरीको महादेवा गाविस–२ कजैली टोलमा आइतबार राति आगलागीबाट दुई घर जलेर ७ लाख बराबरको क्षति भएको छ ।

स्थानीय उपेन्द्र मण्डलको गोठबाट विधुत लाईन सर्ट भई आगलागी हुदाँ छिमेकी मोतीलाल मण्डलको घर जलेर नष्ट भएको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार आगलागीबाट उपेन्द्रको गोठसहित मोतीलालको एउटा जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो । आगलागी स्थानीयवासीको सहयोगले नियन्त्रणमा लिइएको जनाइएको छ ।

यसैबीच सप्तरीको त्रिकोल गाविस–९ मा एक बालिकाको पोखरीमा डुवेर मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको पोखरीमा डुवेर रामकुमार मण्डलको १३ वर्षीय छोरी संतोसी मण्डलको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया