Untitled

१४ भदो,  दिलिप साह राजविराज । मधेशका जिल्लामा भएका क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी कात्तिकमा मधेश प्रिमियर लिग (एमपीएल) हुने भएको छ ।

आयोजक मधेशी इञ्जिनियर स्टुडेन्ट युनियन (मेसु) ले सोमवार राजविराजमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल १५ लाख खर्च अनुमान गरीएको लिगमा वढिमा १६ वटा टिमले सहभागिता जनाउँने छन् ।नकआउट आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार र दोश्रो हुने टिमले ५१ हजार पुरस्कार पाउने आयोजक मेसुका अध्यक्ष संजीव नारायण यादवले जानकारी दिनुभयो ।

अध्यक्ष यादवका अनुसार लिग अन्तर्गतका म्यान अफ दि सिरिजलाई एलईडी–टीभी, म्यान अफ द म्याचलाई कप, वेस्ट बलर र व्याट्स म्यानलाई साइकल तथा टुर्नामेन्टको वेस्ट अलराउण्डरलाई ५ हजार नगद दिइने छ ।कात्तिक २ गतेदेखि सञ्चालन हुने दोश्रो चरण अन्तर्गतको उद्घाटन खेल जनकपुरमा र समापन खेल राजविराजमा हुने आयोजक मेसुका सचिव अमित पाठकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरी, एमपीएल क्रिकेट वोर्डका अध्यक्ष अभिनाष मण्डल, उपाध्यक्ष पवन दास लगायतले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया