ताप्लेजुङ ,कात्तिक १७ । आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ।सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकासहित उनका दुईजना भाई र बहिनीको संरक्षणका लागि सरकारको ध्यानाकृष्ट गराएको छ ।