narendra salim belbari sahyog

१४ भदौ, नरेन्द्र बस्नेत बेलबारी । ब्रेन टयुमरका कारण भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचार गराईरहेका मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको अबस्था सामान्य बन्न थालेको छ ।

बिरामीका ठुलो बुबा श्यामलाल धिमालका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको हो । उनलाई केही दिनदेखि नर्मल बेडमा सारिएको छ । उनी हातखुट्टा चलाउन,अरुले बोलेको सुन्न,बुझन र अरुलाई चिन्न सक्ने भएका छन । घााटीमा पाईप राखिएका कारण उनलाई बोल्न भने दिईएको छैन ।

उनको उपचारका लागी उनको परिवारले लाखौ रकम खर्चिए पनि उपचार सम्भब नभएपछि एक साताअघि उनको उपचारका लागी सहयोग गर्न सामाजिक रुपमा परिवारले याचना गरेको थियो । उनको उपचारमा समस्या भएको समाचार बेतना दैनिकले प्रकाशन गरेपछि उनको उपचारमा देश तथा बिदेशबाट रकम संकलन हुन थालेको छ ।

उनी अध्यायनरत बेलबारी ४ को शिक्षा सन्देश ईङिलस स्कुलले सोमबार बिद्यालयमा एक कार्यक्रम आयोजना गरी बिरामीका ठुलोबुबा श्यामलाल धिमाललाई १ लाख १२ हजारको चेक हस्तान्तरण गरेको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणजंग थापा,प्रिन्सिपल राजेश खत्री लगायत बिद्यालय सञ्चालक समितिका पदाधिकारीहरुले संयुत्त रुपमा सो चेक हस्तान्तरण गरेका छन ।

बिद्यालयले सबै कर्मचारीको एकदिनको तलब बापतको रकम,बिद्यार्थीहरुले संकलन गरेको रकम लगायत गरी सो रकम संकलन गरेको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिए । सोही कार्यक्रममा परिबर्तनका लागी युवा समाज बेलबारीका युवाहरुले दानपेटिका मार्फत संकलन गरेको ८ हजार ५५ रुपौया,समुहका बिपिन आचार्य,सुरज सिटौला लगायतले हस्तान्तरण गरे । कार्यक्रममा कबिर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक शर्मा सचिब राजुदेव राई लगायतले संस्थाका तर्फबाट २ हजार ६ सय र स्थानीय दुर्गा रुपाखेतीले नगद २ हजार धिमाललाई हस्तान्तरण गरेका छन ।

कार्यक्रममा लालभित्ति युवा समुहका अध्यक्ष प्रेम राई,परिबर्तनका लागी युवा समाजका सुरज सिटौला,बिद्यालयका अभिभाबक राजुदेब राई बिद्यालयका प्रिन्सिपल राजेश खत्री,लगायतले मनतब्य राखेका थिए । कार्यक्रम बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले सञ्चालन गरेका थिए ।
धिमालको उपचारका लागी बेलबारी २ मा रहेको आदर्श सकेण्डरी इङिलस स्कुलले ब्रेन टयुमरका आईतबार ६५ हजार ९ सय २५ रुपैया सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल नर वहादुर धिमालले सो रकम लालभित्ति यूवा समुहका संयोजक तुलसी प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन । बेलबारी ४ की मनु राईले संकलन गरेको १६ हजार ८ सय रुपैया समेत लालभित्ति युवा समुहलाई हस्तान्तरण गरेकी छिन ।

लालभित्ति युवा समुहले धिमालका उपचारका लागी सहयोग संकलन गरिरहेको छ । सो कोषमा अहिले ७ लाखको हाराहारीमा रकम जम्मा भएको संयोजक तुलसी ढकालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया