bhokraha jamiya masjid isi pakistan terrerist2
इनरुवा भाद्र १५ /जामिया इस्लामिया संघर्ष समिति भोक्राहा सुनसरीले आफुहरुले आतंकवादको मुद्धा नउठाएको बताएको छ ।एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै संघर्ष समितिले मदरसा व्यवस्थापन समिति अवैधानिक रहेको र उसको गतिविधी अपारदर्शी रहेकाले कानुनी दायरमा ल्याउन आन्दोलनमा होमिएको बताएको छ ।

उसले खस्कदै गएको मदरसा शिक्षालाई माथि उकास्नुको साटो अवैधानिक समितिलाई स्थानीय प्रशासनले संरक्षण दिएको आरोप लगाएको छ ।

अजमल हुसेन, खालिद सैफुल्लाह र अमजद अन्सारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा आफुहरुले कुनैपनि आतंकवादको प्रशंग नझिकेको उल्लेख छ । विज्ञप्तीमा विभिन्न संचारमाध्यममा समाचार आएजस्तो नभई आइएस आई वा कुनै आतंकवादी संगठनको जिकिर नगरिएको उल्लेख छ । आइएस भनेर आफुहरुले इस्लामिक संघ नेपाललाई इङ्गित गरेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया