Inaruwa-muslim-samuday birodh pradarshan
भाद्र १५ इनरुवा / भोक्राहा ९ स्थित रहेको जामिया इस्लामिया मदरसामा उतपन्न विवाद वार्ताका माध्यमबाट समाधान गर्नुको साटो असन्तुष्ट पक्षले आन्दोलनका नाममा लगाएको झुटा आरोप प्रति मुस्लिम समुदाय सुनसरीले आपत्ति जनाएको छ ।मुस्लिम समुदाय सुनसरी संयोजक हसबुल मियाको नेतृत्वमा आज इनरुवामा प्रर्दशन समेत गरिएको छ ।

मदरसाको विवादलाई अतिरञ्जित गर्न झुटा र आधारहीन अभिव्यक्ति दिनेहरुलाई कानुनी दायरामा उभ्याइनु पर्ने उनिहरुको माग छ ।
नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका उनिहरुले प्रमुख जिल्ला अधिकारी मोहन चापागाई समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

Inaruwa-muslim-samuday birodh pradarshan1
ज्ञापन पत्रमा मदरसाको बदनामी गराइको र मदरसा शिक्षालाई आतंकवाद सँग जोड्ने घृृणित कार्य भएकोप्रति जामिया स्लामिया संरक्षण समिति वास्तविकता छानविनको माग गर्दछ भनिएको छ ।जामिया इस्लामिया संरक्षण समितिका अध्यक्ष ताहिर हुसेनले मदरसाको बदनाम गर्न केही व्यक्तिले झुटा आरोप लगाएको बताए । उनले स्थानीय प्रशासनले वास्तविकता छानविन गरी दोषी उपर कार्वाहीको माग गरे । झुटा आरोप लगाउनेले आरोप पुष्टि गरेर देखाउनु पर्ने उनले माग गरे ।

Inaruwa-muslim-samuday birodh pradarshan2
यासिन अन्सारीले समेत संघर्ष समितिका नाममा मुस्लिम समुदायलाई बदनाम गर्न खोजेको भन्दै वास्तविकता छानविनको माग गरे । मो.इलियास अन्सारीले मदरसामा कुनै विवाद नरहेको र सवै कुरामा पारदर्शिता रहेको बताउँदै केहीले व्यक्तिगत स्वार्थका लागि झुटो आरोप लगाएको बताए ।मुस्लिम समूदाय सुनसरीले प्रजिअलाई ज्ञापन पत्र बुझाउँदै गर्दा प्रजिअ चापागाईले वास्तविकता अध्ययन गरी दोषी उपर कार्वाही प्रकृया अघि बढाइने बताए ।

सुनसरी प्रशासनको रोहवरमा सुरक्षा निकाय, जिल्ला शिक्षा कार्यालय सुनसरीका प्रतिनीधि सहित जामिया इस्लामिया संघर्ष समिति, मदरसा व्यवस्थापन समितिका साथै मध्यस्थकर्ताहरुको बैठक डाकिएको छ ।बैठकले मदरसा व्यवस्थापन समितिको विवाद र त्यसपछि उत्पन्न स्थितीलाई साम्य पार्ने गरी सहमतिको पहल गरिने सुनसरी प्रशासनले जनाएको छ ।

Inaruwa-muslim-samuday birodh pradarshan3

तपाईको प्रतिक्रिया