salim sahgo wrr belbari narendra basnet

१५ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । बिभिन्न सामाजिक कार्यमा क्रियाशिल ओमेन्स रुम रिलोडेड (WRR) मोरङले बेलबारी ४ का सलिम धिमालको उपचारका लागी नगद ५ हजार सहयोग गरेको छ ।

केही सातादेखि ब्रेन टयुमरका कारण भारतको गंगाराम अस्पतालमा उपचाररत धिमालको उपचारमा सहयोग गर्ने हेतुले बेलबारी २ मा अबस्थित बेतना दैनिकको कार्यलयमा बुधबार बिहान समुहकी सदस्य मनिला सुवेदीले बिरामीका ठुलोबुबा श्यामलाल धिमाल र लालभित्ति युवा समुहका अध्यक्ष प्रेम राईलाई सो रकम हस्तान्तरण गरेकी हुन ।

केही महिना अघि महेन्द्र राजमार्ग आसपासमा चटपटे र पानीपुरी बेचेर संकलन गरेको रकमबाट बालकको उपचारका लागी सो रकम प्रदान गरेको सुवेदीले बताईन । सो समुहले यसअघि पनि बृद्धाश्रममा पुगेर बृद्धबृद्धाहरुको लागी सहयोग र बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया