wife-of-birendra-bichhe-314x450

जलेश्वर, १७ कार्तिक । मधेश आन्दोलनको क्रममा भाद्र २३ गते प्रहरीको गोली लागि उपचारको क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा २५ गते मृत्यु भएका महोत्तरीका सहिद विरेन्द्र विच्छाको परिवार अहिले पनि शोकमग्न छ ।

विरेन्द्रकी २० महिनाकी छोरीले ड्याडी भन्न थालेकी छिन् । तर, ड्याडी शब्द सुन्नलाई उनको ड्याडी अब संसारमा छैनन् । प्रहरीले आन्दोलनका क्रममा विच्छाको कन्चटमा गोली हानी हत्या गरेदेखि नै उनकी आमा र श्रिमतीको आशु थामिएको छैन ।

विरेन्द्रका बुवा देव चन्द्र विच्छाका अनुसार नयाँ संविधानमा मधेशीको अधिकार सुनिश्चित नभएका कारण उनी गम्भिर रहेका थिए । समाजसेवामा विशेष रुची राख्ने विरेन्द्र प्रकौलीस्थित शान्ति निकेतन बो.स्कुलमा अध्ययापन गराएर आत्मनिर्भर बनेका थिए ।

२०६९ सालमा गाविस सचिवको पदबाट अवकास पाएका विरेन्द्रका वुवा देव चन्द्र विच्छाको दुई छोरामध्ये कान्छोले विरगती पाएपछि उनको ढाड भाचिएको छ । घरमा सबैको हौसला टुटिसकेको छ । ढाढस बाँध्ने उनी एक मात्र सदस्य घर बाहिर एकान्तमा रोएर बस्छन् । आंैला समाएर हिँड्न सिकाएको छोरा संसार छोड्दा उनी निरीह भएका छन् ।

विरेन्द्रको मृत्यु भएको १५ दिन पहिले मात्र जन्मेका विरेन्द्रका छोरा र २० महिने छोरी टुहुरा भएका छन् । हाल विरेन्द्रकी श्रिमती, छोरी र छोराको भविष्य अन्धकारमा छ भने उनको पढाई लेखाई र भरनपोषणको समस्या समेत भएको छ । विरेन्द्रले आफुले सम्पती जोर्न नसकेका कारण विरेन्द्रकी श्रिमतीले ससुरा र विरेन्द्रका दाजुको भरपर्नुको विकल्प छैन । गाउँका भद्रभलाद्मीहरु विरेन्द्रकी श्रिमतीलाई आत्मनिर्भर भई आफ्नो बच्चाको भविष्य बनाउन सक्ने वातावरण मिलाई दिन आग्रह गर्छन् ।

विरेन्द्रको घर पुग्दा घरभित्र उनकी आमा छोरा सम्झेर विलाप गरिरहेकि थिइन् भने विरेन्द्रकी २० महिने छोरी हजुरबुवालाई आईसक्रिम किनिदिन अनुनय गरिरहेकी थिइन् । त्यति बेला हाम्रो पनि आँखा रसायो ।

Family-of-Birendra-Bichhe

भाद्र २३ र २५ गते मधेशको लागि कालो दिन थियो । जुन दिन आन्दोलनकारी उग्र देखिएका थिए भने प्रहरीले आफ्नो धैर्यता छोडेर नरसंहार गरेका थिए । करिव ५ हजारको संख्यामा रहेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीद्वारा सयौं राउण्ड अश्रुग्यास र सक्कली गोली चलाईदा विच्छासँगै दर्जनौं मानिसलाई गोली लागेको थियो । सो नरसंहारमा रोहन चौधरी, रामविवेक यादव र अमित कापरको तत्काल मृत्यु भएको जलेश्वर अस्पतालले प्रमाणित गर्यो भने विच्छाको उपचार जलेश्वर अस्पतालमा हुन नसक्दा अंचल अस्पताल र पछि नर्भिक अस्पताल पुर्याईयो । नर्भिक अस्पतालमा शल्यकृयाको अर्को दिन विरेन्द्र विच्छाको मृत्यु भएको अस्पतालले प्रमाणित गरेको थियो ।

विरेन्द्र र उनीसँगै अमित, रामविवेक, रोहण, रामशिला देवी र गणेश चौधरी यस संसारबाट विदा भए भने दर्जन जति अझै विभिन्न अस्पतालमा उपचाररत छन् । केहिको गोली निकाली सकिएको छ भने केहिको शरिरभित्र गोली अझै छदैँछ ।

किन मारियो उनीहरुलाई, गम्भिर प्रश्न हामी माँझ छ । के आफ्नो हक र अधिकार माग्नु देश द्रोह थियो ? प्रहरीले ढुगांको जवाफ गोलीले दिनु कतिको उचित र न्यायसंगत थियो ? १४ वर्षे रोहन र ७२ वर्षे उनका हजुरबुवालाई गोली हान्दा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक र सशस्त्र प्रहरी उपरिक्षकले मानव अधिकारको हनन किन गर्न लगाए ? हतियार ढुगांले किन डरायो ? कसको निर्देशनमा गोली हानियो र किन ? मधेश आन्दोलनमा प्रहरीले गरेको दमनको जवाफ प्रहरीले दिनै पर्छ अन्यथा प्रहरी कानुनको रक्षक नभई भक्षक भएको स्विकार्नु पर्छ ।साभार : हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया