१६ भदौ, दिलिप साह राजविराज। सप्तरी जिल्लाका सरकारी कार्यालयहरुको नागरिक वडापत्रमा रहेका कुराहरुलाई समावेश गरी पुस्तक प्रकाशन भएको छ । यो पुस्तक सबै गाविसमा पुर्याइने लक्ष्य राखिएको छ ।जिल्ला प्रशासन कार्यालयको पहलमा प्रकाशन गरिएको पुस्तकको नागरिक वडा पत्रको संगालो राखिएको छ ।

जिल्लास्थित रहेका सम्पूर्ण कार्यालयको जानकारी दिइएको पुस्तकमा कुन काम गर्दा कति शुल्क लाग्ने ? सम्बन्धी जानकारी समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले संयुक्त रुपमा यो पुस्तकको प्रकाशन गराएका हुन् । ‘सर्वसाधारणले सेवा प्राप्त गर्दा के कसरी सहज रुपमा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी जनस्तरसम्म पुर्याउने उद्देश्यले जिल्लको नागरिक वडापत्रलाई एकत्रित गरी पुस्तकको रुपमा प्रकाशन गरेका छौं’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भने, “सबै गाविस र केन्द्रमा पुर्याएर नागरिक वडा पत्र सम्बन्धी जानकारी व्याप्क रुपमा गराउने लक्ष्य लिएका छौं ।”

पुस्तकमा सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न ठाउँमा रहेका ४३ वटा कार्यालयका नागरिक वडापत्र समावेश गरिएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले यो पुस्तक पढेरै सबै कार्यालयको सेवा, सुविधाको बारेमा जनताले जानकारी पाउन सकिने विश्वास व्यत्तः गरे ।

तपाईको प्रतिक्रिया