मिजोरम / दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं । अनुमान गर्नुस्, जब पसले नै छैन भने के गर्नु हुन्छ ? भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा विभिन्न सामाग्री राखिएका त हुन्छन् तर पसले बिना नै व्यापार हुने गर्दछ ।
भारतीय संचारमाध्यमका अनुसार मिजोरममा सडक छेउ यस्ता पसल बग्रेल्ती हुन्छन् । किसान बाहुल्य क्षेत्रमा खासगरी कृषि उपजहरु यसरी नै बिक्री हुँदै आएको छ । आफूले उत्पादन गरेका तरकारी लगायतका सामानहरु सडक छेउका छाप्रोमा राखेर किसानहरु खेतमा काम गर्न जान्छन् । क्रेता आफैंले सामानको मुल्य हेरेर रकम राखिदिने र सामान लैजाने गर्दछन् । ईमेज खबरबाट