Mala Limbu_7

अहिलेकी चर्चित मोडल हुन् माला लिम्बु । फिचर चलचित्र ‘वान वे’वाट अभिनयमा प्रवेश गरेकी मालाले तीन दर्जन बढी भिडियोमा अभिनय गरेकी छिन् । उनको फिगरको निकै चर्चा हुने गर्छ ।

बिहान र बेलुका के खानु हुन्छ ?
त्यस्तो फिक्स रुटिङ छैन । कहिले चिया र ब्रेड हुन्छ त कहिले स्याण्डवीच खान्छु । दाल भात पनि हुन्छ । खाना भनेको आफ्नो मुड अनुसार हुन्छ ।

मिठो लाग्ने खानेकुरा ?
सिंगापुरमा हुँदा मलाई मम निकै मिठो लाग्थ्यो । किनकी त्यहाँ मम त्यति धेरै पाईदैन थियो । नेपालमा त जताततै पाईन्छ । सिज्लर र फिस पनि मिठो लाग्छ । फिस मिठो भन्दा पनि स्वस्थ भइन्छ भनेर खान्छु ।

मिठो नलाग्ने खाने कुरा ?
मलाई कलेजो पटक्कै मन पर्दैन ।

मासु कत्तिको खानु हुन्छ ?
हप्तामा ३/४ दिनजसो मासु खान्छु । म प्राय बफ सुकुटी खान्छु । पोर्क, फिस पनि खान्छु मिलाएर ।

डाईटिङ गर्नुहुन्छ ?
डाईटिङ गर्दिन । म अली मिठालु स्वभावकी केटी हुँ ।

विदेश गएको बेला के बढी खानुहुन्छ ?
पहिलो प्राथमिकता त नेपाली स्टाईलको खानालाई नै दिन्छु ।

तपाईलाई के-के पकाउन आउछ ?
म प्राय सबै चिज बनाउछु । स्प्यागेटी बनाउन आउछ , दाल भात पनि बनाउछु । तरकारी भने त्यती बनाउदिन ।

कसले पकाएको मिठो लाग्छ ?
सबैको आ-आफ्नै विषेशता हुन्छ । मेरो एकजना अंकलले करेला सार्‍है राम्रो बनाउनुहुन्छ । पि्रती अन्टी हुनुहुन्छ उहाँले बनाएको मसरुम निकै मिठो लाग्छ । हसना दिदी भन्ने हुनुहुन्छ उहाँले बनाएको पोर्क निकै मिठो बनाउनुहुन्छ ।

खानामा मासिक खर्च कति हुन्छ ?
म त्यस्तो हिसाब राख्ने मान्छे नै हैन । तर, मेरो मेकअपमा भन्दा खानामा धेरै खर्च हुन्छ ।

खाना खान कती समय लगाउनुहुन्छ ?
म छिटै खान्छु । त्यस्तो टाइम लाग्दैन ।

खाना खेर फाल्ने बानी छ कि छैन ?
थोरै थोरै त फाल्छु । कतिपय साथीहरुले भन्छन् ‘खाना फाल्नुहुन्न । तर, मलाई लाग्छ मैले फालेको खाना पनि त कतिपय जनावरले खान पाएका हुन्छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया