१७ भाद्र, न्यूजिल्याण्ड। न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रकाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् ।
भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।