samsung note 7 blast

एजेन्सी / सामसुङले आफ्नो चर्चित फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ बजारबाट फिर्ता लिन थालेको छ। फोन चार्जमा राख्दा यसको ब्याट्री पड्केका कारण बजारबाट यसलाई फिर्ता ल्याइएको एक अमेरिकी रिपोर्टले जनाएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमअनुसार फोन चार्जमा राखेका बेला ब्याट्री पड्केर आगो लागेको घटना बाहिर आएपछि कम्पनीले यो निर्णय लिएको हो। पहिले किनिसकेका ग्राहकले भने ग्यालेक्सी नोट ७ साट्न सक्ने कम्पनीले जनाएको छ।

 विश्वव्यापीरुपमा २५ लाख वटा फोन बिक्री भइसकेको भएर कुनचाँही फोनमा समस्या आएको भन्ने पत्ता लगाउन गाह्रो भएको कम्पनीले जनाएको छ। उत्पादन प्रक्रियामा सानो समस्या भएकाले पत्ता लगाउन गाह्रो भएको कम्पनीका प्रेसिडेन्ट को डोङ जीनले बताएका छन्। उनले भने, ‘यो यति खर्चिलो हुनेछ की मलाई निकै चिन्ता लागिरहेको छ। तर हाम्रो ग्राहकको सुरक्षाका लागि हामीले फोन फिर्ता लिने निर्णय गरेका हौं।’

केही समयअघि मात्र लन्च गरिएको नोट ७ को यो घटनाले कम्पनीले निकै घाटा बेहोर्नु पर्नेछ। सबै फोन प्रतिस्थापन गर्न करिब दुई साता लाग्ने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार यो फोन १० वटा देशमा लन्च गरिसकिएको छ तर ब्याट्री भने अलग अलग कम्पनीका छन्। नेपालमा यो आधिकारिकरुपमा सार्वजनिक भएको छैन। सेतोपाटीबाट 

तपाईको प्रतिक्रिया