१७ भाद्र, झुम्का ।जेसिज सप्ताह अन्तर्गत सुनसरीको रामधुनी भासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार झुम्का जेसिजको आयोजनामा सो शिविर गरिएको हो ।शिविरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. रोविन श्रेष्ठ र वरिष्ठ फिजिसियन डा. रामकुमार साहले सेवा प्रदान गरेका थिए ।

आयोजनामा भएको स्वास्थ्य शिविरमा एक सय तीस भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य जाँच गराएको संयोजक विनोद कोइरालाले बताए । सो कार्यक्रममा ४५ वर्ष माथिका हाडजोर्नी समस्या भएकाहरुलाइ विशेष परिक्षण गरिएको बताइएको छ । स्वास्थ्य जाँच गराउन मधेशा, रामधुनी भासी, एकम्बा, डुम्राहा तथा आसपासका क्षेत्रबाट आएका थिए ।

मौसमले प्रतिकुल असर पारेता पनी त्यतीको संख्याले स्वास्थ्य जाँच गराउनु निकै उपलब्धीमुलक भएको झुम्का जेसिजका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद फुयालले बताए । त्यस्ते सप्ताह अन्तरगतनै भाद्र १९ गते तिज तथा जितीया विशेष कार्यक्रम र भाद्र २० गते जेष्ठ नागरिक म्युजिकल चेयर तथा समापन कार्यक्रम हुने सप्ताह संयोजक पुष्प कार्कीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया