raksha mantri balkrishna khan defence minister

१७ भाद्र, धरान /  रक्षामन्त्री बालकृष्ण खाणले मधेशका आन्दोलनलाई सम्बोधन गर्न संविधान संसोधन बाहेक अर्को विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाडले कांग्रेसको युवा दस्ता नेपाल तरुण दल सुनसरीको चौथो अधिवेशनको उद्घाटन गर्ने क्रममा यस्तो बताउनुभएको हो । मन्त्री खाणले नेपालमा गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न मधेशी दलहरुको मागलाई समेध सम्बोधन गर्नुपर्ने त्यसका लागि संविधान संसोधन गर्नुको अर्को विकल्प नभएको बताउनुभएको छ ।
उहाले संविधान जारी गरेपनि यसलाई संसोधन गरेर जान अत्यन्तै चुनौति भएको

 बताउनुहुदै संविधानलाई संस्थागत गर्ने एउटा मार्गमध्ये स्थानीय चुनाव भएको बताउनुभयो । उहाले आगामी चैत्र महिनामा स्थानीय निकायको निर्वाचन अहिलेको सरकारले गरेरै छाड्ने बताउनुभयो । नेपाल तरुण दलका संस्थापक सभापति समेत रहनुभएका मन्त्री खाणले रक्षामन्त्रालयको जिम्मेवार पाएसंगै नेपाली सेनालाई समेत लोकतान्त्रिकरण गर्दै लोकतन्त्रलाई बलियो आधार बनाउनेतर्फ आफ्नो जोड रहने समेत उल्लेख गर्नुभयो । उहाले नेपाली कांग्रेसको महाधिवेशनपछि एक भएको भन्दा पनि विवाजित भएको प्रंसगमा कांग्रेस सैद्धान्तिक रुपमा विभाजन नभई खाली नेतृत्वको होडबाजीमा मात्र लागेकोले त्यस्तो देखिएको बताउनुभयो ।
त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि नेपाली कांग्रेस एकढिक्का हुने विश्वास गरिए पनि महधिवेशनपछि झन धेरै गुटबन्दी बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाले सच्चा नेपाली कांग्रेसले यसलाई रोक्नुपर्ने समेत बताउनुभयो । तरुण दल सुनसरीका कावा सभापति सिजन गुरुङको सभापतित्वमा धरान ८ सभागृहमा भएको चौथो महाधिवेशनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेता, सांसद, जिल्ला, क्षेत्रीय, नगर स्तरीय नेताहरुको समेत सहभागिता रहेको थियो । अधिवेशनबाट ३१ सदस्यीय कार्यसमिति चयन गर्ने आयोजकले जानकारी दिएको छ । यसमध्ये महिलाबाट दुई, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछाडिएका वर्ग लगायतबाट ८ जना प्रतिनिधि समेच चयन गरिने आयोजकले बताएको छ ।

 

तपाईको प्रतिक्रिया