sabari durghatna gosti trafic itahari

१७ भदौ , इटहरी। पुर्व क्षेत्रमा सडक दुर्घटनामा परि एक वर्षको अवधिमा ४ सय ४६ जनाको ज्यान गएको छ । सडकको दुरावस्था, अवैज्ञानिक सडक निर्माणको क्रम, चालकको हेलचेक्राईले अधिकाँश दुर्घटना भएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ ।
सवारी दुर्घटना न्युनिकरणका उपाय तथा आगामी कार्यदिशा तय गर्ने क्षेत्रीय गोष्ठिमा प्रहरी उपरीक्षक पवनकुमार गिरिले पहाडि क्षेत्रको बाटोको जर्जर अवस्था नै दुर्घटनाको मुख्य कारक रहेको औल्याएका छन् ।पुर्वका १ सय २० स्थान दुर्घनाका जोखिमपुर्ण स्थान रहेका मध्ये सुनसरीमा अधिक जोखिम क्षेत्र रहेको समेत गिरीले जानकारी दिए ।

ट्राफिक निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठले मुलुकमा सडकको दुर्घटनाका कारण भयावह स्थित आइरहेको भन्दै यसलाई न्युकिरण गर्न सरोकरवालासँग साक्षातकार गरेर नयाँ कार्ययोजना बनाइने जानकारी दिए ।पाँच विकास क्षेत्रमा हुने यस किसिमको क्षेत्रीय स्तरको गोष्ठि मध्य र सुदुर पश्चिममा सम्पन्न भइसकेको छ भने पोखरा र नेपालगञ्जमा भदौ २३  २४ गते सम्पन्न हुँदैछ ।

श्रेष्ठका अनुसार देशै भरिबाट आएका सुझावलाई कार्ययोजनामा समावेश गरि दुर्घटना न्युनिकरण गर्न मदत मिल्नेछ ।पुर्व क्षेत्रका प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक केशरीराज घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको  पुर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

तपाईको प्रतिक्रिया