amit-shah_BJP

एजेन्सी । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले बिहारको चुनावलाई लिएर अनौठो अभिव्यक्ति दिएका छन् । यदी यो चुनावमा विजेपिले हार्‍यो भने पाकिस्तानमा उत्सव मनाइने उनको भनाई छ ।

नेपालको सिमा शहर रक्सौलमा आयोजित भेलामा उनले भने, ‘यदी कथंकदाचित बिहारको चुनावमा विजेपीले हार्‍यो भने पाकिस्तानमा पटका पड्काइने छ । के तपाईंहरु त्यस्तो होस भन्ने चाहनुहुन्छ ?’ भिडले भन्यो ‘हुँदैन.. हुँदैन ।’

शाहको यो अभिव्यक्ति विवादमा परेको छ । जनता दल युनाइटेढ -जेडियू) ले उनको अभिव्यक्तिमा कडा आपत्ति जनाएको छ ।

जेडियू प्रवक्ता केसी त्यागीले शाहको टिप्पणीका विषयमा निर्वाचन आयोगमा उजूरी गर्ने बताएका छन् । उनले भने, ‘हामी अमित शाहका विरुद्ध शुक्रबार उजूरी दर्ता गर्दैछौं ।’

उनले अगाडी भने, ‘तीन चरणको चुनाव शान्तिपूर्णक भइसकेउको अवस्थामा बिजेपी अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रंग देखाउन थालेका छन् । उनीहरुले सारा अखबारहरुलाई विज्ञापन बाँडेर हाम्रो गठवन्धनलाई आतंकवादीसित जोड्ने असफल प्रयास गरिरहेका छन् ।’

बिहारमा चौंथो चरणको चुनाव सम्पन्न भइसकेको छ । अब हुने पाँचौ चरणको चुनावले आगामी पाँच वर्ष विहारको सत्ता कसको हातमा जान्छ भन्ने फैसला गर्नेछ । पाचौं चरणमा ५७ सिटको छिनोफानो हुँदैछ ।-आजतकबाट

 

तपाईको प्रतिक्रिया