narshing petrol2
भाद्र १८ इनरुवा /सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलियम पदार्थ जस्तै देखिने वस्तु तैरिएको हल्लापछि सो स्थानमा सर्वसाधारणको भिड लागेको छ ।जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ भएको हल्लापछि आसपासका गाउँबासीको भिड लागेको हो ।

narshing petrol1
पानी भरिएको धानखेतमा बारम्बार पेट्रोलियम पदार्थ जस्तै वस्तु तैरिएर बग्ने गरेको देखेपछि सो प्रशंग बाहिरिन पुगेको थियो ।धान गोड्ने क्रममा स्थानीयल पेट्रोलियम पदार्थ झै तरल पदार्थ बगेको देखेको बताएकाछन् ।हल्लापछि सुनसरी प्रशासनको टोलीले समते सो क्षेत्रको अनुगमन गरेको छ ।

narshing petrol
सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा सहित सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले स्थलगत अनुगमन गरी शंकास्पद देखिएकाले मातहतमा जानकारी गराउने बताउनु भएको छ । हामीसँग नापजाँच गर्ने मेसिन र औजार छैन् तत्काल केही भन्न सकिने अवस्था छैन् । शंकास्पद जस्तो भेटियो माथिल्लो निकायमा विषयबारे जानकारी गराइने सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलको भनाई छ ।

 

तपाईको प्रतिक्रिया