DSC04879DSC04877
भाद्र १८ दुहवी / तीज कार्यक्रममा सहभागिहरुले महिलाको न्यायमा पहुँच अभिवृद्धि बारे चर्चा गरेका छन् ।तीजका साथै जितिया पर्वको प्रशंगलाई जोडेर दुहवीमा आयोजित कार्यक्रम न्याय सम्पादन र सबैकालागि समान न्यायिक पहुँच विषयमा केन्द्रित थियो ।

सुनसरीको दुहवी स्थित रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले न्यायाधिसहरुको उपस्थितीमा तीज कार्यक्रम मनाएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतकी न्यायाधिस सपना प्रधान मल्लले जनता अदालत हैन, अदालत जनताकहाँ पुग्न आवश्यक रहेको धारणा राख्नु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सुनसरी र मोरङका न्यायाधिसहरुले न्यायको पहुँचबारे धारणा राख्नु भएको थियो ।औपचारिक कार्यक्रम पश्चात सामूहिक नाचगानका साथ दर खाई तीज मनाइएको थियो ।

तपाईको प्रतिक्रिया