lahure udaypur

उदयपुर। शरीरले बुढ्यौली टेकेको छ । मधमुहेले च्यापेको छ तर काम गर्ने जागँर भने ज्युका त्युँ छ । कटारी ११ तीनतलेका भारतीय गोर्खा पल्टनका पेन्सनर ७४ वर्षीय होमबहादुर घले मगर अहिले पनि पल्टनकै रुटिन पछ्याइरहेका छन् ।

बिहानै उठेर बस्तु भाउ, कखुरा , हासँ परेवालाई आहारा दिन्छन् । अनि खेतीपातीको अवस्था बुझ्न निस्कन्छन् । घर वरिपरिको बगंैचा, बारीमा रोपेका तरकारीको गोडमेल र हेरचाह गर्छन् । दिउँसो छरछिमेकीसँग पल्टनका कुरा गर्दै गफिन्छन ् । उनको गफ सुन्न र
सल्लाह लिन छिमेकी आइरहन्छन् ।

लाहुर मा कठोर युद्ध लडे पनि गाउँलेको नजर मा उनी इमानी छन,् अ‍ैचोपैंचोमा मन खुल्ला राख्छन् । घर अगाडि फूलको रूखमुनि टाँड बनाएर बस्ने उनले कुखुरालाई वन बिरालो बाट जोगाउन दुई सय मिटर पर सम्म डोरी तानेर टिनको ‘एम्बुस’ थापेका छन् । गफिँदै गर्दा उनी २० मिनेटको फरकमा डोरी तानी टिनलाई ढाङढाङ पारिरहन्छन् । यसलाई उनी पल्टनमा शत्रुलाई थापेको एम्बुसझै ं भएको बताउँछन् । ‘पाकिस्तान र चीनसितको
लडाइमाँ एम्बसु धरै थापियो, ’ उनले सुनाए ।

उनको १० कट्ठा फूलबारीमा भुइँकटहर , नरिवल, अम्बा, मेवा, सरिफा, लिची, रूखकटहर , अनेक प्रजातिका फलफूल छन् । आँप बगैंचामुनि अदुवा, बेसार र खुर्सानी खेती गरेका छन् । ‘वर्षको २० हजार रुपैयाँको नरिवल, १५ हजारको भुइँकटहर , १० हजारको लिची, नरिवलका बिरुवा, मेवा, आँपबाट २० हजार रुपैयाँ आम्दानी लिन्छु,’ उनले भने । सागसब्जी, तरकारी, बेसार , अदुवा, खुर्सानी आफ्नै उब्जनीबाट चलाउँछन् । भर्तीका सुरुवाती समयमा मासिक ३० भारतीय रुपैयाँ थापेका उनी अहिले मासिक नेपाली २५ हजार ४ सय ३२ रुपैयाँ पेन्सन बुझ्छन् ।

होमबहादुर ९ वर्षकै छँदा उनकी आमाले संसार छाडिन् । बुबा बुद्धिमानले १६ वर्षको उमेरमा बगपतिकी केटीसँग विवाह गरिदिए । ‘पहाड घर उदयपुरको केउरिनीमा घरजम बसाले पछि खेतीपाती सुरु गरें, ’ उनले सुनाए, ‘४० मुरी धान फल्थ्यो । बिहे गरेको दुईतीन महिनापछि बुबा बुद्धिमानको पनि निधन भयो ।

छावाखोलाले जग्गा कटान गर्न थाल्यो , अर्कोतर्फ उब्जनी पनि बर्सेनि घट्दै गयो ।’ खेतीमा जति खटे पनि उब्जनी घटे पछि उनी पत्नीलाई माइती गाउँ छाडरे कमाउन लाहरु झरे । ‘त्यतिखे र उदयपुरको कटारीमा गोर्खा सेनाका लागि गल्लावाला बस्थे,’ उनले पुराना दिन सम्झिए, ‘ २० वर्षको लक्का जवान थिएँ, गल्लावालाले छाती र उचाइको नापजोख गरे । ३५ जना छानियौं ।’

गल्लावालाले दर्इु दिन हिडाँएर जयनगरमा रेल चढाए । लहरीसरमा भर्ना क्याम्प थियो । नाप, जाँच गरेपछि भोलिपल्ट ३५ जनालाई ग्राउन्डमा उतारियो । ‘लाहुरे भइने हो कि होइन भन्ने पिरलो भयो, ’ उनले भने, ‘ग्राउन्डमा दौडाउँदा १५ जना छानियौं ।’

भोलिपल्ट शारीरिक अभ्यास सुरु भयो । ‘ शारीरिक अभ्यासमा १० जना मात्र उत्तीर्ण भयांै । त्यसपछि हामीलाई गोरखपुर लगियो । त्यहाँ मेडिकल जाँच सुरु भयो । जम्मा सात जना लाहुर े हुने पक्का भयो, ’ उनले भने, ‘त्यसपछि हामीलाई देहरादुन गोरखा पल्टनको तालिम हुने ठाउँ पुर्‍याइयो । त्यहाँ त हामीजस्ता विभिन्न ठाउँबाट छानेर ल्याएका १२ सय गोर्खे रहेछांै । एकवर्षसम्म देहरादुनमा गोर्खा पल्टनको तालिम लियांै ।’
तालिम काेर्स पुरागरे पछि सन् १९६३ जनवरी २ मा उनले राइफल मेन (सिपाही) को नियुक्ति पाए ।होमबहादुर तीन महिना देहरादुनमै ड्युटीमा बसे । सन् १९६३ मा भारत र चीनको सीमा ‘चुचुल’ मा चिनियाँ सेनाले डाँडामा ‘डिफेन्स’ लगाएर बसेको भारतीय सेनामाथि आक्रमण सुरु गर्‍यो । आक्रमणमा एक हजार पन्जावी, गढवाली भारतीय सेना सोत्तर भए ।

‘पहिलो पटक जागिर खाएको तीन महिना ड्युटी मात्र के गरेको थिए,ँ चाइनासगँ भिडन् गोखार्ली सेनाले नै सक्छ भने र हामीलाई तयार गरियो । छातीमा ट्याग लगाउन थालियो । मेरो नम्बर ५/८ जीआर ५७४१५७२ एक्स नम्बर र नाम छातीमा लगाइदिए,’ भने , ‘ त्यही नम्बर नै बोलाउने हुँदोरहेछ, पेन्सन पट्टामा पनि त्यही भनांै न सधैंभरि ५७२ नामै रह्यो पल्टनभरि , अहिले गाउँमा पनि त्यही नम्बर ।’ ट्यांकरको लावालस्कर सहित बाटामा गाउँदै , मादल ठटाउँदै ‘चुचुल’ पुगेको उनले अनुभव सुनाए । ‘पुग्न भ्याइएको छैन, चाइनाले फायर खोलिहाल्यो,’ उनले सम्झे, ‘सुरुमै कमान्डरको डिफेन्सका लागि छलिएर लड्दै बंकर खन्न निर्देशन थियो , त्यसै गर्‍यांै, त्यतिखेरे हाम्रो रेजिमेन्टको ठाउँमा पसग्दा नपुग्दै एक सयजति गोर्खा सेनालाई ढालिहाल्यो ।’

उनीहरू १५ दिनसम्म बंकर मै बसे । ‘उताबाट फायर नखोल्ने मौखिक कुरा आएपछि हामीले आफ्नो डिफेन्सका लागि जंगल वर पर पाँच किलो मिटर बंकर खन्यांै । १५ दिनपछि बल्ल खान पाइयो । त्यसपछि मरेका साथीलाई कतिलाई ओसारियो, कतिलाई त्यहीं गाडियो,’ उनले भने, ‘त्यसपछि डेढ वर्षसम्म किल्ला रक्षा गरेर त्यहीं बस्यौं ।’ त्यसपछि नागाल्यान्डको विद्रोह दबाउन उनीहरूलाई खटाइयो । चार महिनापछि पुनामा अनि ६ महिनापछि अर्थात् सन् १९६५ मा पाकिस्तान लडाइँका लागि पठानकोट गएको उनी सम्झन्छन् । ‘त्यतिखेर एक वर्षसम्म लड्नुपर्‍यो ,’ उनले भने ।कान्तिपुरको सहयोगमा

तपाईको प्रतिक्रिया